उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने

जनता समाजवादी पार्टी (जसपा) का उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो।

सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन्।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर