सिन्धुली बस दुर्घटना अपडेट : ६ को मृत्यु, ३० घाइते, ३ काे अवस्था गम्भीर

सिन्धुलीको फिक्कल गाउँपालिका-४, कुइभिरमा आइतबार बिहान भएको बस दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

दुर्घटनामा चालकसहित ३० जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी सिलवालले बताए। मृतक र घाइतेहरूको सनाखत हुन बाँकी छ। उद्धार कार्य जारी रहेको उनले बताए। बसमा ३६ जना यात्रु सवार थिए।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा२ ख६५९६ नम्बरको बस  कुइभिरमा बिहान ९:१५ बजे दुर्घटना भएको हो। दुर्घटनास्थलमा ओखलढुंगा र सिन्धुली दुवै जिल्लाबाट सुरक्षाकर्मी परिचालन भएका छन्। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। सडकको भित्तामा ठोक्किएको बस आधाजसो क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर