उपराष्ट्रपति निर्वाचन-२०७९

जसपामा उपराष्ट्रपतिको अन्तिम उम्मेदवार बैठकबाटै टुंगो लगाइने

जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताएका छन्। आइतबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले यादवविरुद्ध परेको उजुरीमा उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीबाट परेको २ जनाको उम्मेदवारीबारे अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट लाग्ने बताए।
उनले भने, ‘पार्टीको तर्फबाट २ वटा उम्मेदवारी परेको छ। यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौं। गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौं।’

जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *