सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद् भवन घेर्छौं : नरेश कटुवाल

उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन्। आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्योगीहरूले आन्दोलन गरेका हुन्।

आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नु परेको बताए।

उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाक ाविरुद्ध आफूहरूले आन्दोलन गरेको बताए। उनले सरकारले व्यवसायीहरूका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद् भवन घेराउ गर्ने चेतावनी दिए।

उनीहरूले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर