‘एभरिथिङ एभरिह्वेयर’ ले जित्यो सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीसहित ७ विधामा ओस्कार अवार्ड

यस वर्षको ९५औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ सर्वोत्कृष्ट चलचित्र घाेषित भएको छ। नेपाली समयअनुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा मौलिक पटकथा, निर्देशक र सर्वोत्कृष्ट अभिनेत्रीसहित सात विधामा यस चलचित्रले अवार्ड हात पारेको छ।

यस चलचित्रले एक चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेस गर्छ। यो विजय इन्डी स्टुडियो ए-ट्वान्टी फोरको लागि ऐतिहासिक विजय हो, जसले फिल्मको कमाइलाई १०० मिलियन डलरसम्म पुर्‍यायो। आर्टहाउस फिल्मको बजार खुम्चिएको बेला यो आश्चर्यजनक उपलब्धि हो।

‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वोत्कृष्ट अभिनेत्री बन्ने दोस्रो गैरश्वेत अभिनेत्री घोषित भइन्। साथै यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री बनेकी छन्। यो सम्मान उनलाई मार्सल आर्ट र ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता एक्सन फिल्मको लामो करिअरपछि प्राप्त भएको हो।

अवार्ड ग्रहण गर्दै मिसेलले भनिन्, ‘महिला साथीहरू, तपाईंहरूले कहिल्यै नभन्नुस् कि मेरो महत्त्वपूर्ण समय पूरा भयो। आज राति हेरिरहेका मजस्तै देखिने सबै साना केटा र केटीहरूका लागि यो आशा र सम्भावनाको किरण हाे।’

अवार्ड सूची 

सर्वाेत्कृष्ट फिल्म – एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स
सर्वाेत्कृष्ट अभिनेत्री – मिसेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वाेत्कृष्ट अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)
सर्वाेत्कृष्ट निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वाेत्कृष्ट सम्पादन – पल रोजर्स ((एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)

सर्वाेत्कृष्ट मौलिक गीत – नाटू नाटू (आरआरआर)
सर्वाेत्कृष्ट ध्वनी – टपगन माभेरिक
सर्वाेत्कृष्ट एडप्टेड स्क्रिन प्ले – वुमन टकिङ (सारा पोली)
सर्वाेत्कृष्ट मौलिक पटकथा – ड्यानियल क्वान र ड्यानियल स्किनर्ट (एभ्रिथिङ एभ्रिह्वेयरअल एट वन्स)

सर्वाेत्कृष्ट भिजुअल इफेक्ट – अवतार द वे अफ वाटर
सर्वाेत्कृष्टओरजिनल स्कोर – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वाेत्कृष्ट प्रोडक्सन डिजाइन – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वाेत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म – द एलिफेन्ट विह्स्पर्स

सर्वाेत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट (जर्मनी)
सर्वाेत्कृष्ट कस्ट्युम डिजाइन – ब्ल्याक प्यान्थर वाकाण्डा फरेभर
सर्वाेत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ – द ह्वेल
सर्वाेत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म – नाभाल्नी

सर्वाेत्कृष्ट सहायक अभिनेत्री – के ह्यु क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वाेत्कृष्ट एनिमेटेड फिचर फिल्म – गुइलेमो डेल टोराको पिनोचियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर