शीतल निवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ भएको छ। सोमबार उनको राष्ट्रपति निवास शीतल निवासबाट बिदाइ गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै भण्डारीको बिदाइ गरिएको हो।

उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरेको छ। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।

उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।

बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर