सञ्चारमन्त्री शर्माको गुनासो- संसदीय भूमिकामा महिलाहरूको मूल्यांकन भएन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन्।

उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन्। उनले संसदमा कानून निर्माण गर्दा महिलाहरूले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताइन्।

मन्त्री शर्माले संसदमा कोरम पुर्‍याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्त्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन्। उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताइन्।

मन्त्री शर्माले पुरुष असफल हुनु भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरू असफल हुँदा समाज नै असफल हुने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *