रुस-युक्रेन युद्धपछि पहिलोपटक जेलेन्स्कीसँग वार्ता गर्दै चिनियाँ राष्ट्रपति सी, पुटिनलाई पनि भेट्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङले रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि पहिलोपटक युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्ने भएका छन्।

यस्तै उनले सम्भवतः अर्को हप्ता रुस भ्रमणको योजना बनाएको र त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने स्रोतलाई उद्धृत गर्दै ‘द वाल स्ट्रीट जर्नल’ ले जनाएको छ।

सीले गर्ने यस वार्ता र भ्रमणलाई रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि चीनको प्रयासका रूपमा हेरिएको छ।

समाचारमा जनाइएअनुसार सीले आफ्नो रुस भ्रमणको एक भागको रूपमा अन्य युरोपेली देशहरूको भ्रमण गर्ने विचार गरेका छन्। यद्यपि उनको पूर्ण भ्रमणकाे कार्यक्रमबारे पुष्टि हुन बाँकी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर