द्वन्द्वकालमा छोरा बेपत्ता पारेको आरोपमा सेनाका तत्कालीन सुवेदारविरुद्ध उजुरी

माओवादी द्वन्द्वकालमा आफ्नो छोरालाई बेपत्ता आरोपमा पोखरा महानगरपालिका–३० का अणनाथ बरालले नेपाली सेनाका तत्कालीन सुवेदारविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । फूलबारी ब्यारेकका सुबेदार रहेका कृष्णबहादुर गुरुङविरुद्ध बरालले सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका हुन् ।

गुरुङको कमान्डको टोलीले १९ कात्तिक २०६० मा आफ्ना छोरा नेत्रप्रसादलाई पक्राउ गरी बेपत्ता पारेको उनको आरोप छ । उच्च अदालत पोखरोको आदेशबमोजिम प्रहरीले उजुरी दर्ता गरेको हो । बरालले गैरकानुनी पक्राउ तथा थुना, यातना र बलपूर्वक बेपत्तासम्बन्धी कसुरमा गुरुङलाई कारबाही गर्न पनि आफ्नो उजुरीमा माग गरेका छन् । उनले क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

बरालले सुरुवातमा प्रहरीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले आनाकानी गरेपछि उच्च अदालत पुगेका हुन् । अदालत गत १३ मंसिरमा उजुरी दर्ता गर्न आदेश दिएको हो ।

तत्कालीन समयमा नेत्रसँगै ४ जनालाई सेनाले नियन्त्रणमा लिएको थियो । तीमध्ये ३ जना सार्वजनिक भइसके पनि नेत्रको अवस्था भने हालसम्म अज्ञात छ ।

बरालले उजुरीमा उक्त घटना अन्तर्राष्ट्रिय रुपमा मानव अधिकार उल्लंघनको कसुर मानिने जिकिर गर्दै गुरुङ हाल सेनामा कार्यरत भए/नभएकोसमेत हेरी तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनले १ असोज २०६२ मा राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर