कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ।

सभापति शेरबहादुर देउवाले आज निवास धुम्बाराहीमा पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेपछि कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर