हेटौंडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

पूर्व-पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर