उद्योगी व्यवसायीका ४१ महासंघ र संघहरूको विज्ञप्ति- बैंकहरूविरुद्धको आन्दोलन फिर्ता भएको छैन

उद्योगी व्यवसायीहरूका विभिन्न ४१ महासंघ तथा संघहरूले बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्धको आन्दोलन फिर्ता नभएको बताएका छन्। बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै महासंघ र संघहरूले आन्दोलन जारी नै रहेको जनाएका हुन्।

मंगलबार भएको उद्योगी व्यवसायी र सरकारबीचको वार्तामा सरकार माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै आन्दोलन फिर्ता भएकाे समाचार प्रकाशित भएका थिए।

त्यसको खण्डन गर्दै बुधबार बैंकको ब्याजदरविरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवाल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘केही दिनअघि हाम्रो महासंघ र संघहरूको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योगी व्यवसायीहरूले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचारप्रति हाम्रो ध्यानाकषर्ण भएको छ। उक्त समाचारप्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रष्ट पार्न चाहन्छौं। संयुक्त संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं।’

विज्ञप्तिमा सरकारका कुनै पनि निकायहरूले वार्ता र संवाद गर्नसमेत नचाहेको देखिएकाे भन्दै संयुक्त संघर्ष समिति सशक्त आन्दोलनसहित आउने चेतावनी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *