उपराष्ट्रपति निर्वाचन-२०७९

कांग्रेसलाई निर्वाचन आयोगकाे २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेससँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बुधबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो।

उक्त निर्णय गरेसँगै पार्टीका प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूसँग निर्णय सार्वजनिक गरेका थिए। उक्त निर्णय सार्वजनिक भएपछि आयोगले कांग्रेससँग स्पष्टीकरण सोधेको हो।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घण्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो।

चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। यस सम्बन्धमा प्रचारप्रसार, छलफल, मत माग्न, सभा, भेला, गोष्ठी लगायत गर्न निषेध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *