उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म ६१० मत खस्यो

संघीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ। सो समयसम्म संघतर्फ २१८ र प्रदेशतर्फ ३ सय ९२ मत खसेको हो।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर