नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरव बढाएको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन्। आईसीसी लिग टुमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताएका हुन्।

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरव बढाएको बताए। उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर