व्यवसायमैत्री कानून बनाउन सधैं तयार छु : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन्।

उनले उद्योग व्यवसायमैत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरू र सांसदहरूसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुकभित्रै उत्पादन वृद्धि गर्न, रोजगारी सिर्जना गर्न, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताए।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरूको धर्म भए पनि सामाजिक उत्तरदायित्व वहन गरी मुलुकको दिगो विकासमा अझै बढी योगदान पु¥याउन पनि उनले व्यवसायीहरूलाई आग्रह गरे।

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर