मूर्ति चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मूर्ति चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भीमसेनथान घर भएकी तेस्रो लिंगी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

गत माघ १६ गते उक्त मूर्ति चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मूर्ति १ थान, विभिन्न देवीदेवताको आकृति भएको ढुंगाको मूर्ति २४ थान, धातुको मूर्ति २९ थान र धातुको त्रिशूल १ थान बरामद गरेको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *