गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

कुनै एक दलको प्रतिनिधि सभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरूले गठबन्धनको संस्कार आत्मसात गर्दै अघि बढ्नु परेको उनको भनाइ छ।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक गठबन्धनहरू आत्मकेन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभई देश, जनता पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पारे।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन लागि आफ्नो पार्टीले यस अघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए।

सभापति देउवाले २१ महिनाअघि आफूले संविधानको रक्षा गर्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारको नेतृत्व लिनु परेको र सो कार्य सफलतापूर्वक सम्पन्न गरेको दाबीसमेत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर