न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरू सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्दाहरू रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाललाई फेरि पनि विश्वासको मत दिन लागिएको बताएका हुन्।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनलेसरकारले जे गर्दा पनि ठीक हो भन्नका लागि आफूहरूले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पारे।

उनले आफ्नो दललाई आपत परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए।

उपसभापति अर्यालले जनताले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरूको सो अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिबद्ध भएर लागिपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर