सरकार बनाउन तेस्राे पार्टी बाेकेर हिँड्नु सर्मनाक : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए।

उनले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु सर्मनाक रहेको बताए। उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने बताए।

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए। आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने पनि उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *