दलितहरूले सयौं वर्षसम्म सम्झने गरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन्।

मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को अवसरमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन्।

उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौं वर्षसम्म सम्झने गरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता जाहेर गरे। उनले दलित समुदायका माग र मुद्दाहरूको सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक अरूले गर्न नसक्ने पनि बताए।

प्रधानमन्त्री दाहालले दलित समुदायको हक र अधिकारका निम्ति सिंगो राज्य र राज्यका निकायहरू जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए। उनले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताए।

त्यस्तै सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनको भनाइ छ। यसका निम्ति आवश्यक भूमिका खेल्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

उनले दलित समुदायले आज पाएका संवैधानिक र कानूनी हक अधिकारहरू जनयुद्धको उपलब्धिको रूपमा आएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर