कांग्रेसलाई कुनै गल्ती गर्ने छुट छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा जाने उल्लेख गर्दै कुनै किसिमको कमीकमजोरी नेपाली कांग्रेसबाट हुन नहुने बताए।

उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताए। नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको भएको बताए।

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए। उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने दाबी गरे।

उनले लोकतन्त्रबिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *