भावी आईजीपीकाे दाैडमा रहेका एआईजीहरूले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा हालै बढुवा भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

एआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाएका हुन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले उनीहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गरेको थियो।

५६ वर्षे उमेर हदका कारण एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा ५ एआईजी पद रिक्त थियो। एआईजी पोखरेलले २०७९ साउन २०, आचार्यले भदौ २३, बीसीले कार्तिक १४, धानुकले कार्तिक २४ र सिंहले फागुन ७ मा अवकाश पाएका थिए।

प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) सिंहको कार्यकाल यही ११ गते सकिँदैछ। सेवा अवधि हटाएर आफ्नो पदावधि लम्ब्याउने अन्तिम कसरतमा सिंह छन्। यद्यपि, उनको प्रयास सफल हुने सम्भावना न्यून बन्दै गएको छ।

उक्त प्रावधानमा हेरफेर नभए हाल एआईजीमा बढुवा भएका प्रहरी अधिकारीबाट नै भावी आईजीपी चयन गरिनेछ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर