प्रधानमन्त्रीसँग आईजीपी र एआईजीहरूको भेट

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह र भावी आईजीपीका दाबेदार अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

प्रहरीमा नेतृत्व परिवर्तन हुन तीन दिन बाँकी रहेको समयमा आईजीपी सिंह र एआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

एआईजीहरूले आज नै दर्ज्यानी चिह्न लगाएका थिए।

प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंह चैत ११ गतेदेखि अवकाशमा जाँदै छन्। उनको अवकाशससँगै प्रहरीले नयाँ नेतृत्व पाउने छ।

यद्यपि, आईजीपी सिंह सेवा अवधि हटाएर आफ्नो पदावधि लम्ब्याउने अन्तिम कसरतमा छन्। उनको यो प्रयास सफल हुने सम्भावना भने न्यून बन्दै गएकाे स्राेत बताउँछ। सिंहकाे प्रयास सफल नभए हाल बढुवा भएका पाँच एआईजीमध्येबाट एक जना आईजीपी चुनिने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर