यी १० प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी हेडक्वार्टरको सूचना

लामो समयदेखि हाजिर हुन नआएका १० जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ती प्रहरी कमर्चारीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।

सूचनामा उल्लेख भएअनुसार केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दीपेन्द्रसिंह २०७८ फागुन १० गतेदेखि, प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरजकुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द केसी माघ २८ गतेदेखि हाजिर भएका छैनन् ।

यस्तै, आनन्द मण्डल पुस ७ गतेदेखि, विशाल कुमार राई पुस २९ गतेदेखि, आलेश थापा माघ १८ गतेदेखि तथा धमेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन् । उनीहरुलाई हाजिर नहुनुको स्पष्टीकरण पेस गर्न र त्यसो नगरे आवश्यक कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *