धनुषामा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

सो दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर