प्रकाशमान सिंहको प्रश्न- आदर्श र मूल्यमान्यताको राजनीति बिर्सिएका त छैनौं?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरू हिँड्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्यमान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताएका हुन्।

उनले २०४६ सम्म मूल्यमान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौं भन्ने कुरा मनन गर्न आवश्यक रहेको बताए। उनले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ कि छैन भन्ने कुरा सोच्न जरुरी रहेको बताए।

उनले भने, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्यमान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरूले दिएको हामीले पाएका छौं। तर, २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्यमान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौं, त्यसमा सबैले मनन गरौं। आजको दिनमा सपना राजभण्डारीज्यूले नवीन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको छ। स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले बिर्सिने छैन। कदर गर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर