मिटरब्याजपीडितको समस्या समाधानका लागि निवर्तमान प्रदेश प्रमुखले गराए राष्ट्रपतिकाे ध्यानाकर्षण

काठमाडौं केन्द्रित आन्दोलन थालेका मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि मधेस प्रदेशका निर्वमान प्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मिटरब्याजपीडितहरूले प्रदर्शन गरिरहेको स्थलमै पुगेर डा.अहिराजले समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराइदिन राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

‘मिरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन अनसनस्थल (काठमाडौं) बाटै सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्दछु,’ डा.अहिराजले भनेका छन् ।

गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरूको भूमि, भावना र भविष्य अनिवार्य रूपमा सुरक्षित हुनुपर्ने धारणा उनले राखेका थिए ।

उनले भनेका छन्, ‘संविधानप्रति आदर र सरकारप्रति विश्वास कायम हुन सके मात्र गणतन्त्र साझा हुन सक्छ । प्रदेशभित्र देखिएका समस्याहरूमा प्रदेश सरकार गम्भीर नहुनु र पीडितहरू पनि प्रदेश सरकारमाथि अपनत्व महसुस गर्न नसक्नु चिन्ताको विषय हो । नागरिकहरूलाई आफ्नो समस्याको समाधान खोज्न संघीय राजधानी काठमाडौंमै धाउनुपर्ने, गुहार लगाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि पनि प्रदेश र स्थानीय तहको सरकारलाई गम्भीर हुन जरूरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि प्रदेश र स्थानीय तहको सरकारलाई नागरिकप्रति विशेष गम्भीर भई समस्या समाधान हेतु सक्रिय भूमिका निर्वाह गर्न सके पीडितहरू आ(आफ्नै थातथलोमा न्यायको अनुभूति गर्न पाउँछन् ।’

ध्यानाकर्षणपत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *