जनमतले बारा–२ को उपनिर्वाचन छोड्दैन : सीके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अध्यक्ष राउतले आफ्नो पार्टीले शिवचन्द्र प्रसाद कुशवाहलाई उम्मेदवार बनाउने बताए । उनले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गरे ।

राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गरे । ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

‘वैकल्पिक सबै राजनीतिक पार्टीहरुले के बुझ्नु पर्छ भने सत्यको पक्षमा उभिने हो । यदि हामीहरु यसरी नै विभाजित भइरहने हो भने माथिका ठूलो दलहरुले के गरिरहेका छन्, तपाईहरुले बुझ्नुनै भएकै छ । उनीहरुको सिद्धान्त नमिले पनि पदकै लागि उहाँहरु जहिले पनि मिल्नु हुन्छ । तर वैकल्पिक राजनीतिक शक्तिहरुले चाँही किन सकिरहेका छैनन् ? त्यो सोच्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर