कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको बताए ।

त्यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समधान गर्नेकुरामा पनि छलफल भएको प्रवक्ता महतले बताए । उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानका लागि तत्पराता देखाई समाधान गर्ने विषयमा निर्णय भएको बताए ।

प्रवक्ता महतले मन्त्रिपरिषदमा भाग लिने विषयमा योगदान, दक्षता, समावेशिता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर