अर्थ र परराष्ट्रसहित यी हुन् कांग्रेसले पाउने ८ मन्त्रालय, को-को बन्दैछन् मन्त्री?

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पाउने मन्त्रालय र मन्त्रीहरूको नाम टुंगो लागेको छ। कांग्रेस उच्च स्रोतले दिएको जानकारीअनुसार पार्टीले लिने ८ मन्त्रालय र मन्त्रीहरूको नाम टुंगो लागेको हो।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुँदैछ।

स्रोतका अनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, शहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानून र भूमि व्यवस्था मन्त्रालय पाएको छ।

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, शहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानूनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।

उपसभापति खड्का र नेता रमेश रिजालमध्ये एक परराष्ट्रमन्त्री बन्नेछन्। रक्षा मन्त्रालय कसले सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । उपप्रधानसहित परराष्ट्र वा रक्षामध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुनेछन्। सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २/२ मन्त्रालय पाउने सहमति भएको छ।

यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, नागरिक उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ। माओवादीले नयाँ मन्त्री पठाउने सम्भावना छैन।

भौति पूर्वाधारमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन्। एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ।

यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद, जसपाले शिक्षा र कृषि मन्त्रालय‚ लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर