पोर्नस्टार मुद्दामा जेल जाने संघारमा डोनाल्ड ट्रम्प

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा पक्राउ पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोर्न स्टार मुद्दामा ट्रम्पलाई कारबाही गरिने भएको हो ।

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानीको मामिलामा चल्नेछ । यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नेछन् भन्नेबारे जानकारी हाल दिइएको छैन । जुरीको भोटिङपछि ट्रम्पमाथि मुद्दा चलाउने बाटो सम्भव भएको छ ।

७६ वर्षीय ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई खारेज गर्दै आएका छन् । ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् जसविरुद्ध फौजदारी मुद्दा चलाइनेछ ।

ट्रम्प फ्लोरिडामा बस्छन् र उनी अदालतमा पहिलो सुनुवाइका लागि अदालतमा आउन सक्ने विश्वास गरिन्छ । ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्नेछन् । अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ ।

जनवरी २०१८ मा, अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले एउटा लेख प्रकाशित ग¥यो । यसमा राष्ट्रपति ट्रम्पका तत्कालीन सल्लाहकार माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो ।

यो पैसा उनले ट्रम्पसँगको अफेयरको बारेमा सार्वजनिक गर्नु नपर्ने सम्झौता अन्तर्गत दिइएको हो । कानूनी रूपमा यो भुक्तानी अवैध थिएन । तर जब ट्रम्पले कोहेनलाई भुक्तानी गरे, उनले यसलाई कानूनी शुल्कको रूपमा रेकर्ड गरे ।

न्यूयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजातहरूसँग छेडछाड गरेको घटना हो, जुन न्यूयोर्कमा आपराधिक कार्य हो । सार्वजनिक अभियोजकहरूले पनि ट्रम्पलाई यस मामलामा चुनावी नियमहरू उल्लंघन गरेको आरोप लगाउन सक्छन् ।

किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि उनले आफ्नो र डेनियलबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन सकून् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *