यस वर्षको एसईई आजदेखि सुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई सुरु भएको हो । यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिष्ट्रेसन फाराम बुझाएका छन् ।

काठमाडौं उपत्यकासहित देशभर नै एसईई परीक्षा केन्द्रित सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका विभिन्न विद्यालयहरूमा एसईई परीक्षालाई मध्यनजर गरेर परीक्षा केन्द्र तोकिएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरकफरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *