एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन्।

शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो दाबी गरेका हुन्। उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने आवश्यकता महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए।

उनले भने,‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भने कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौं। एमाले लाग्यो भने त्यो केही दिनको विषय हो। यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौं। यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍याे भने केही हप्ताको काम हुन्छ।’

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाए। उनले पार्टीको अनुशासनमा नबसेको र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताए। उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताए।

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको बताए। उनले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर