कांग्रेसबाट चार मन्त्रीले शपथ लिँदै, शेखर पक्षले पठाएन नाम

नेपाली कांग्रेसका ४ जना मन्त्रीले आज शपथ लिने भएका छन्। कांग्रेसले पाएको ८ मध्ये आज ४ जना मन्त्रीले मात्र शपथ लिने भएका हुन्।

शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि सभापति शेरबहादुर देउवाले ४ जना मन्त्री हुने मात्रै नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाएको स्रोतले जानकारी दिएको छ।

पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरुङको नाम मन्त्रीका लागि पठाइएको हो।

खड्का उपप्रधानमन्त्रीसहित रक्षा, महत अर्थ, रिजाल उद्योग र गुरुङ शहरी विकासमन्त्री बन्नेछन्।

आज बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने निर्णय गरेको थियो। पार्टीले पाएको ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्नेमा कोइराला पक्षको अडान छ।

पार्टीभित्र सहमति नहुँदा कांग्रेसले दुई चरणमा मन्त्रीहरू पठाउने तयारी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर