अब सरकारको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्छ : उपेन्द्र यादव

सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले अब सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र जनतालाई राहत दिने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन्।

शुुक्रबार काठमाडाैंमा आयोजित रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए। राज्यले उनीहरूलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाइ छ।

अध्यक्ष यादवले ग्रामीण भेगका जनताका लागि सानोतिनो कारोबार गर्नका लागि लोन दिने व्यवस्थालाई सहज हुने गरी बैंक तथा वित्तीय संस्थाहरूको व्यवस्था गर्नुपर्ने खाँचोसमेत औंल्याए।

अध्यक्ष यादवले संविधानअनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर