संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्नेछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको पनि स्पष्ट पारे।

राष्ट्रिय खेलकुद परिषदले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावनाअनुसार संघीयता कार्यान्वयन नभएकाले अब सो ऐनहरू बनाएर अगाडि जाने कुरामा सरकार दृढ रहेको बताए।

प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा ऐन अन्तिम चरणमा रहेको र अब त्यसलाई छिट्टै संसदमा पेस गर्ने पनि बताए।

प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने संविधानको मर्मअनुसार संघीयता कार्यान्वयनको कामलाई तीव्रता दिन पनि सोसँग सम्बन्धित ऐन निर्माणको काममा ढिलाइ गर्न नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *