एमालेले तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

नेकपा एमालेले आसन्न वैशाख १० गते उपनिर्वाचन हुने तीनमध्ये दुई क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

तनहुँ–१ मा उम्मेदवार बनाइएका खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन्। यसअघि खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लडेका थिए। उक्त क्षेत्रबाट शिशिर खनाल निर्वाचित भएका थिए।

यस्तै चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन्।

एमालेले बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भने उम्मेदवार टुंग्याउन बाँकी छ। यस विषयमा थप छलफल गरेर निर्णय गरिने उपमहासचिव गुरुङले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर