भीम रावलसँग संवाद गर्न एमालेले बनायो वार्ता टोली

नेकपा (एमाले) ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पार्टीका सचिव एवं सुदुरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

पार्टीको विधि र विधानविपरीत पूर्वउपाध्यक्षसमेत रहेका रावल चलेकाले सो सम्बन्धमा संवाद गरी आवश्यक निर्णय लिन संवाद टोली गठन गर्नुपरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

नेता रावलले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरूको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर