जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १२ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६, नयाँबस्ती पहेँलो पुलनजिक ४० वर्षीया सन्चिमाया वाइबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाइबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त, बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *