संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्ने कुरा सह्य हुँदैन : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुल्ला हमला भइरहेको बताएका छन्।

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेले भनेको आधारमा नै सातवटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको बताए। उनले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको बताए।

उनले संघीयताविरोधीहरूले संघीयताविरुद्धमा नारा लगाइरहेको भन्दै यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए। उनले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने बताए। उनले संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्ने कुरा सह्य नहुने चेतावनी दिए।

उपमहासचिव गुरुङले संघीयताविरोधीहरूलाई यथोचित जवाफ दिन तयार रहनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *