टेक्नोलोजीको चयाम्पियन टीभीएसले ल्यायो नयाँ वर्षमा आकर्षक अफरहरू

नेपाली टु-ह्विलर मार्केटको टेक्नोलोजी चयाम्पियनस्का रूपमा स्थापित टीभीएसले नयाँ वर्षमा आकर्षक अफरहरू लिएर आएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरू राख्दै प्रयोगकर्ताहरूमाझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन , विभिन्‍न राइड मोडस् र भोइस कमान्डजस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्‍न सफल टीभीएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

यस नयाँ बर्षको अवसरमा टीभीएस ले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ । त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु-ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर