राष्ट्रिय सभा अध्यक्षको सांसदहरूलाई आग्रह : सदन चलिरहँदा मोबाइल स्विच अफ गर्नुस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाईल स्विच अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन्।

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन्।

उनले भने,‘माननीयज्यू, मोबाइल स्विच अफ गर्नुस् ’

सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर