रासायनिक मल यति नै आयात हुन्छ भन्न सक्ने अवस्थामा सरकार छैन : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन्।

रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्टयाएका हुन्। अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले सो मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्थामा सरकार नरहेको मन्त्री भुसालको भनाइ थियो।

मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसके पनि त्यसलाई ल्याउने कुराको टुंगो नभएको पनि सदनलाई जानकारी गराए। मन्त्री भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरूलाई आग्रह गरे।

मन्त्री भुसालले सरकारले किसानहरूको समस्या समाधानका निम्ति सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर