सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक नेपालबाहेक कुनै पनि देशमा छैनन् : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको दाबी गरेका छन्। मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताए। उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे।

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताए। उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरे। उनले शिक्षामा राजनीतिकरण गर्नु जघन्य अपराध भएको बताए।

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *