सरकार हरेक मोर्चामा पूर्ण रूपमा असफल : सांसद भट्ट

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्तमान सरकार हरेक मोर्चामा पूर्ण रूपमा असफल भएको बताएकी छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले सय दिन पूरा गरे पनि हरेक मोर्चामा पूर्ण रूपमा असफल देखिएको बताएकी हुन्।

उनलृ सय दिनमा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै सरकार निरीह र कमजोर भएको टिप्पणी गरिन्। उनले जालझेल गरेर तिन महिनामै गठबन्धन बदल्नुबाहेक सरकारले सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसकेको उल्लेख गरिन्।

भट्टले देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको बताइन्। उनले सरकारसँग निजी क्षेत्रको विश्वास गुम्दै गइरहेको बताइन्।

उनले सरकारले सय दिनको उपलब्धि भनेर फेहरिस्त सार्वजनिक गर्नु जनताको आँखामा छारो हाल्नु भएको टिप्पणी गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *