मधेसका मुख्यमन्त्री यादव भन्छन्- मन्त्रीहरूले राजीनामा दिए पनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले) ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताएका छन्।

मंगलबार प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन्।

उनले केन्द्रको गठबन्धनअनुरूप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरूलाई आफैंले सहजीकरण गर्न आग्रह गरेको बताए। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए।

उनले मधेस प्रदेश सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गरे।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरू सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिए। उनले नयाँ गठबन्धनअनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताए। नेता यादवले सरकारलाई दिएको समर्थनबारे पछि छलफल हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *