नेपाल अल्पविकसित मुलुक रहिरहेकाे शिक्षालाई प्राथमिकता नदिएर हाे : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढंगानाले नेपाल अल्पविकसित मुलुक रहिरहनुुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु रहेको बताएका छन्।

मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतीत, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले सार्वजनिक विद्यालयमा नतिजा राम्रो नहुनु र निजी विद्यालयमा मात्रै विद्यार्थीको आकर्षण बढ्नु भनेको सरकारले सामुदायिक विद्यालयहरूलाई हेर्ने नजरमा विकास हुन नसक्नु रहेको बताए। उनले अहिले पनि शिक्षा क्षेत्रमा सरकारको आवश्यक ध्यान जान नसकेको बताए। उनले देशको शिक्षा क्षेत्रलाई उठाउन नसके देश उठाउन नसकिने बताए।

पूर्वसभामुख ढुंगानाले देश विकास भनेकै समाज रूपान्तरण रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर