सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश घिमिरेको इजलासमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ।

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो।

एक नाबालिकालाई बलात्कार गरेको आरोपपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *