सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुन सकेन। अरू मुद्दाहरूका कारण उनको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको अदालत स्रोतले जनाएको छ।

सन्दीपको मुद्दाको फैसला पेसी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो। छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो।

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *